एन आई सी एशिया बैंकका ग्राहकलाई मर्क्यूर होटलमा १५ प्रतिशतसम्म छुट

एन आई सी एशिया बैंकका ग्राहकलाई मर्क्यूर होटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं : एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई काठमाडौंको सुकेधारामा अवस्थित मर्क्यूर होटलका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने भएको छ।

बैंक र होटलबीच सोमबार भएको एक सम्झौता अनुसार, बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा यो सुविधा प्राप्त गर्नेछन्।

सम्झौता बमोजिम, एन आई सी एशिया बैंकका ग्राहकले होटलको आवास सेवामा १५ प्रतिशत तथा खाना र पेय पदार्थमा १० प्रतिशत छुट पाउनेछन्।

यो सुविधा उपयोग गर्नका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ। साथै, बैंकको मोबाइल बैंकिङ एप मार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा पनि यो छुट लागू हुने बैंकले जनाएको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले यो सहकार्यले ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्नुका साथै मुलुकमा डिजिटल भुक्तानी र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

असोज २८, २०८२ मंगलबार १३:४१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।