तीनकुनेमा मोटरसाइकल दुर्घटना, २१ वर्षीय युवकको ज्यान गयो

तीनकुनेमा मोटरसाइकल दुर्घटना, २१ वर्षीय युवकको ज्यान गयो

काठमाडौं : काठमाडौंको तीनकुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलालीको गोदावरी-८ घर भई हाल बानेश्वर बस्दै आएका २१ वर्षीय समिर चौधरी रहेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार, बा६८प ४१५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रवक्ता सुवेदीले जानकारी दिए।

असोज २८, २०८२ मंगलबार १२:३५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।