फोर्थिङले ल्यायो ‘तिहार भाइब’ अफर, बुकिङमा आईफोन १७ प्रो जित्ने अवसर

काठमाडौं : लक्ष्मी ई-मोबिलिटीले फोर्थिङ ब्रान्डका इलेक्ट्रिक गाडीमा ‘फोर्थिङ तिहार भाइब’ नामक विशेष योजना सार्वजनिक गरेको छ।
तिहारलाई लक्षित गर्दै ल्याइएको यो योजना असोज २७ देखि कात्तिक ३ गतेसम्म लागू हुनेछ। योजनाअन्तर्गत ग्राहकले फोर्थिङको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘फ्राइडे’ को खरिदमा विभिन्न सुविधा पाउनेछन्।
बुकिङमा आइफोन १७ प्रो जित्ने अवसर, आकर्षक नगद छुट, ८ वर्षको ब्याट्री वारेन्टी, ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, ७ किलोवाटको होम चार्जर, एक वर्षको बीमा र सडक कर तथा स्पेयर टायर पाउनेछन्।
कम्पनीका अनुसार, फोर्थिङ फ्राइडेमा ६४.४ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ। यसले एक पटकको फुल चार्जमा ४०० किलोमिटरको रेन्ज दिने डब्लुएटीपी मापदण्डले प्रमाणित गरेको छ।
गाडीमा मसाज सुविधासहितको स्पोर्ट्स सिट पनि उपलब्ध छ भने एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि रहेको कम्पनीले जनाएको छ।
असोज २८, २०८२ मंगलबार ११:४४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।