स्कटल्याण्डका विष्फोटक ब्याट्सम्यान मुनसी विराटनगरमा आबद्ध

स्कटल्याण्डका विष्फोटक ब्याट्सम्यान मुनसी विराटनगरमा आबद्ध

काठमाडौं : आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सले स्कटल्याण्डका विष्फोटक ओपनर जर्ज मुनसीलाई अनुबन्ध गरेको छ।

आफ्नो आक्रामक ब्याटिङ र ‘रिभर्स स्वीप’ शटका लागि परिचित मुनसीको आगमनले किंग्सको शीर्ष क्रमलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

३२ वर्षीय बाँयाहाते ब्याट्सम्यान मुनसी स्कटल्याण्डको टी-ट्वान्टी टोलीका एक प्रमुख सदस्य हुन्। उनले अन्तर्राष्ट्रिय टी-ट्वान्टीमा २ हजार ६०० भन्दा बढी रन बनाएका छन्।

विश्वभरका विभिन्न फ्रेन्चाइज लिगमा उनको अनुभव छ, जहाँ उनले दुबई क्यापिटल्स, कराची किंग्स र सिल्हट स्ट्राइकर्स जस्ता टोलीबाट खेलिसकेका छन्।

मुनसी नेपाली क्रिकेटका लागि नयाँ नाम होइनन्। यसअघि पनि नेपालमा घरेलु फ्रेन्चाइज लिग खेलिसकेका उनले आफ्नो आक्रामक शैलीले दर्शकको मन जितेका थिए।

उनको पुनरागमनले विराटनगरलाई अन्तर्राष्ट्रिय अनुभव मात्र नभई नेपाली मैदान र यहाँको अवस्थाबारे राम्रो ज्ञान भएको खेलाडी पनि दिएको छ।

विराटनगर किंग्सले मुनसीको आगमनले टोलीको ब्याटिङ लाइनअपमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरेको छ। 

असोज २८, २०८२ मंगलबार ११:३१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।