राप्ती खोलामा पुरुषको बेवारिसे शव भेटियो

मकवानपुर : मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुरस्थित राप्ती खोलाको बगरमा सोमबार साँझ एक पुरुषको बेवारिसे शव फेला परेको छ।
बस्तिपुरबाट भुद्रुङतर्फ जाने नयाँ पुलमुनि अन्दाजी २५ देखि ३० वर्ष उमेरका पुरुषको शव उत्तानो परेको अवस्थामा भेटिएको हो। मृतकको पहिचान खुल्न सकेको छैन।
स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय, नेवारपानीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाएको छ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
असोज २८, २०८२ मंगलबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।