सुनको मूल्यले तोड्यो सबै रेकर्ड, तोलाको २ लाख ४८ हजार ५००

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले आज हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार छापावाल सुनको मूल्य एकैदिन तोलामा ८ हजार १०० रुपैयाँले बढेर २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको हो।
महासंघले सोमबार प्रति तोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा भारी वृद्धि हुनुको कारण अन्तर्राष्ट्रिय बजारमा आएको उछाललाई मानेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा देखिएको महासंघको भनाइ छ।
यसैगरी, चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ। मंगलबार चाँदी प्रति तोला १०५ रुपैयाँले बढेर तीन हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार यसको मूल्य प्रति तोला तीन हजार २२० रुपैयाँ थियो।
असोज २८, २०८२ मंगलबार ११:१९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।