सुनकोशी नदीमा मानव शरीरको तल्लो भाग फेला

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ बसेरीस्थित सुनकोशी नदी किनारमा एक बेवारिसे मानव शरीरको तल्लो भाग फेला परेको छ।
सोमबार बिहान स्थानीयले नदी किनारको ढुंगा/बालुवामा अड्किएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी चौकी ग्वाल्टारका अनुसार, फेला परेको अंश कम्मरभन्दा मुनिको भाग हो र त्यो पूर्ण रूपमा सडेगलेर हड्डी मात्र बाँकी रहेको अवस्थामा थियो।
उक्त मानव अवशेष महिला वा पुरुष कसको हो भन्ने पहिचान हुन सकेको छैन।
स्थानीयबाट खबर प्राप्त हुनासाथ प्रहरी चौकी ग्वाल्टारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा सर्जमिन मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरिएको थियो।
शवको अंश पहिचान गर्न नसकिने र अत्यधिक सडेगलेको अवस्थामा रहेकाले मंगलबार दिउँसो नै प्रहरीले त्यसको सदगद (अन्त्येष्टि) गरेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
असोज २८, २०८२ मंगलबार ११:१६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।