वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस रकमसहित पक्राउ गरेको छ।

उनलाई १ लाख २० हजार ८५० रुपैयाँ घुससहित आइतबार उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो।

आयोगका अनुसार, दाहालले विभिन्न सप्लायर्स तथा ठेकेदारहरूलाई नियमानुसार भुक्तानी दिनुपर्ने बिल पास गराएबापत घुस माग्ने गरेको उजुरी परेको थियो।

सोही सूचनाका आधारमा खटिएको टोलीले उनलाई घुसबापत लिएको रकम कार्यकक्षमा लुकाइराखेको अवस्थामा पक्राउ गरेको हो।

अख्तियारको टोलीले उनको साथबाट घुस रकम, एक थान मोबाइल र अन्य सम्बन्धित कागजातहरू बरामद गरेको छ।

आयोगले विज्ञप्ति जारी गर्दै पक्राउ परेका दाहालमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

असोज २८, २०८२ मंगलबार १०:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।