अधिकांश भू-भागमा मौसम सफा रहने, कोशी प्रदेशको पहाडमा हल्का वर्षाको सम्भावना

काठमाडौं : देशभरको मौसम आज (मंगलबार) सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम स्थिर रहेको हो।
महाशाखाले आज बिहान जारी गरेको पूर्वानुमान अनुसार, दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ।
आज राति भने देशभरको मौसम पूर्णतया सफा रहने महाशाखाको पूर्वानुमान छ। मौसममा आएको सुधारसँगै देशभर तापक्रम घट्ने क्रम जारी रहनेछ।
असोज २८, २०८२ मंगलबार ०७:३३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।