निर्मलराजले ल्याए तिहार लक्षित ‘झिलिमिली तिहारलाई’ गीत

काठमाडौं : तिहारलाई लक्षित गरेर गीतकार निर्मलराज पौडेलको ‘झिलिमिली तिहारलाई’ नामक गीत सार्वजनिक भएको छ। पौडेलसहित गायिका समान्ता थापा, नीरज तिमल्सिना र मनिष पौडेलले गाएको गीत सोमबार सार्वजनिक भएको हो।
वेलकम एभी प्रोडक्सनले तयार पारेको म्युजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन्। मोहित मुनालले संगीत दिएका छन्।
गीतकार तथा गायक पौडेलले दश–पन्ध्र वर्ष अगाडिसम्म पनि तिहारको रौनक, खुसीयालीको माहौल देखिने तर आजभोलि सबै हराउँदै गएको महसुस भएपछि गीत लेखेको बताए।
गीतमा यमपञ्चकको पाँचै दिन गरिने कर्महरू कागपुजा, कुकुर पूजा, लक्ष्मी पूजा, गाई गोरु पूजा र भाइ पूजालाई समेत समेटिएको छ।
गीतमा नेपालीहरूले तिहार मनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ।
असोज २७, २०८२ सोमबार १७:३२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।