उदयपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

उदयपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

कटारी : उदयपुरमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

आज जिल्लाको त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेस प्रदेश ०१–००१त २५६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि जिल्ला अस्पतल गाईघाट लगिएको थियो। उपचारका क्रममा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका हुन्।

ट्याक्टर चालक स्थानीय २४ वर्र्षीय धर्मेन्द्र राजधामी घटनापश्चात् फरार रहेका छन्। उनलाई प्रहरीले खोजी गरिरहेको छ। ट्याक्टरधनी ४० वर्षीया रामनिवास राजधामीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

असोज २७, २०८२ सोमबार १३:२२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।