फोटोन टुनल्याण्ड किन्दा ३ वर्षसम्म सर्भिसिङ निःशुल्क, कम्पनीले ल्यायो ‘जिरो कस्ट अफर’

काठमाडौं : फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडेल टुनल्याण्डका ग्राहकहरूलाई लक्षित गर्दै ‘जिरो कस्ट अफर’ सार्वजनिक गरेको छ। यो सीमित अवधिको योजनाअन्तर्गत ग्राहकले गाडी खरिद गर्दा ३ वर्ष वा १२ पटकसम्मको सर्भिसिङ निःशुल्क पाउनेछन्।
यो अफर अक्टोबर ३१, २०२५ सम्म लागू हुने कम्पनीले जनाएको छ। निःशुल्क प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिस (PMS) अन्तर्गत गाडीका लागि आवश्यक एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन आयल, गियर आयल र क्राउन आयल जस्ता सामग्रीहरू समावेश गरिएको छ।
कम्पनीका अनुसार, यसले गाडीको कार्यक्षमता उच्च राख्न र ग्राहकलाई झन्झटमुक्त ड्राइभिङ अनुभव प्रदान गर्न मद्दत पुग्नेछ।
यो अफरले ग्राहकको गाडी सञ्चालन खर्च घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीको छ। फोटोन टुनल्याण्ड नेपाली बजारमा एक शक्तिशाली र भरपर्दो बहुउपयोगी पिकअपको रूपमा स्थापित छ र यो सर्वाधिक बिक्री हुने मोडेलमध्ये एक हो।
ग्राहक सन्तुष्टि र भ्यालुमा केन्द्रित रहँदै यो योजना ल्याइएको कम्पनीले बताएको छ। यो अफर फोटोनका देशभरका शोरुम तथा आधिकारिक डिलरहरूबाट प्राप्त गर्न सकिनेछ।
असोज २७, २०८२ सोमबार ०९:३८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।