टाटा जेन्युइन पार्ट्सको खरिदमा पल्सर जित्ने अवसर, सिप्रदीले ल्यायो चाडपर्व योजना

टाटा जेन्युइन पार्ट्सको खरिदमा पल्सर जित्ने अवसर, सिप्रदीले ल्यायो चाडपर्व योजना

काठमाडौं : सिप्रदी अटोपार्ट्स प्रालिले तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक आकर्षक ग्राहक योजना सञ्चालन गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पार्ट्सको खरिदमा बम्पर उपहारमा बजाज पल्सर मोटरसाइकलसहित विभिन्न आकर्षक पुरस्कार जित्न सक्नेछन्।

कम्पनीका अनुसार, दसैंमा सफलतापूर्वक सञ्चालन भएको यो योजना अब तिहार र छठ पर्वका लागि करिब दुई हप्तासम्म जारी रहनेछ।

योजना अवधिभर टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स खरिद गर्ने ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन्।

लक्की ड्रमा के-के छन् पुरस्कार?
योजनाअन्तर्गत विभिन्न खरिद रकममा विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ।

बम्पर उपहार: रु. १ लाखभन्दा बढीको खरिदमा एक जनाले बजाज पल्सर १५० सीसी मोटरसाइकल जित्नेछन्।
रु. ७५ हजारभन्दा बढीको खरिदमा टिभिएस स्कुटर (१२५ सीसी)
रु. २५ हजारभन्दा बढीको खरिदमा स्मार्ट टिभी
रु. ५ हजारभन्दा बढीको खरिदमा स्मार्टफोन

यसका साथै, हरेक खरिदमा ग्राहकले १,००० रुपैयाँसम्मको क्यासब्याक कुपन पनि निश्चित रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

सिप्रदी अटोपार्ट्स नेपालका लागि टाटा मोटर्सद्वारा उत्पादित टाटा जेन्युइन पार्ट्सको एक मात्र आधिकारिक वितरक हो।

कम्पनीका अनुसार, सक्कली पार्ट्सको प्रयोगले गाडीको इन्जिन, ब्रेक, क्लचलगायतका महत्वपूर्ण अंगलाई टिकाउ बनाउने, मर्मत खर्च घटाउने र गाडीको समग्र प्रदर्शनमा सुधार ल्याउन मद्दत गर्दछ।

असोज २७, २०८२ सोमबार ०९:२२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।