सिआइबीले ब्युँतायो सुन तस्करी प्रकरण, भेप प्रकरणमा समातिए माओवादी नेता महरा

सिआइबीले ब्युँतायो सुन तस्करी प्रकरण, भेप प्रकरणमा समातिए माओवादी नेता महरा

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरोले भेपभित्र लुकाएर भएको सुन तस्करी प्रकरण ब्युँताउँदै माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई आइतबार पक्राउ गर्यो। फ्लाइ दुबईबाट नेपाल आएको भेपमा लुकाएर ल्याएको सुन तस्करीको घटनामा संलग्न रहेको आरोपमा आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महरालाई पक्राउ गरेको हो।

२०७९ पुस १० मा फ्लाई दुबईको एफजेट०५८७ नम्बरको फ्लाइटबाट चिनियाँ नागरिक ली हानसोङले ल्याएको भेपमा भएको सुन भन्सारकै कर्मचारीहरूले निकालेर बिक्री गरेका थिए। सो घटना सार्वजनिक भएपछि भन्सार कार्यालयको पत्रको आधारमा प्रहरीले अनुसन्धान गर्दै ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन ल्याइए खुलेपछि भन्सारका नासु रेवत खड्कासहितमाथि अनुसन्धान भएको थियो।

अनुसन्धानमा सुन छुटाउन महरा र उनको छोरा राहुल महरा संलग्न रहेको खुलेको थियो। राहुल त्यही अभियोगमा पक्राउ परेर कारागार चलान भए पनि कृष्णबहादुरविरुद्ध भने मुद्दा चलेको थिएन।

असोज २६, २०८२ आइतबार १९:२७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।