सामसङ नेपालको ‘तिहारको मुड, सबै गुड’ अफर सार्वजनिक

सामसङ नेपालको ‘तिहारको मुड, सबै गुड’ अफर सार्वजनिक

काठमाडौं : तिहार नजिकिँदै गर्दा सामसङ नेपालले उपभोक्तालाई लक्षित गर्दै “तिहारको मुड, सबै गुड!” नामक आकर्षक अफर सार्वजनिक गरेको छ। यो अफर आश्विन २६ देखि कार्तिक ३० गतेसम्म देशभरका अधिकृत सामसङ स्टोरहरूमा लागू हुनेछ।

अभियान अन्तर्गत सामसङका टिभी, फ्रिज र वाशिङ मेसिन खरिद गर्ने ग्राहकहरूले विशेष छुट र बोनस पाउनेछन्। कम्पनीका अनुसार, टिभीमा ३५ प्रतिशतसम्म क्यासब्याक र पाँच हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, फ्रिजमा १९ प्रतिशतसम्म क्यासब्याक र छ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, र वाशिङ मेसिनमा २४ प्रतिशतसम्म क्यासब्याक र सात हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध हुनेछ।

यस अफरमा क्यासब्याक मात्र होइन, रोमाञ्चक साप्ताहिक र बम्पर उपहार जित्ने अवसर पनि समावेश गरिएको छ। साप्ताहिक उपहारमा टिभी खरिद गर्नेले साउन्डबार, र फ्रिज वा वाशिङ मेसिन खरिद गर्नेले २३ लिटर माइक्रोवेभ ओभन जित्न सक्नेछन्। बम्पर उपहारमा भने टिभी किन्ने भाग्यशाली ग्राहकले ३५ लिटर बिस्पोक एआई फ्रिज, फ्रिज किन्नेले ९ केजी फ्रन्ट लोड वाशिङ मेसिन र वाशिङ मेसिन किन्नेले ६५ इन्चको UHD टिभी जित्ने मौका पाउनेछन्।

लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले आफ्नो खरिद गरिएको सामसङ उत्पादनको सिरियल नम्बर “Samsung [Serial Number]” लेखी ३५००१ मा SMS पठाउनु पर्नेछ। विजेताको घोषणा प्रत्येक साताको अन्त्यमा Samsung Plaza र Big Digital का सामाजिक सञ्जाल पेजहरूमार्फत गरिनेछ।

ग्राहकहरूको सहजतालाई ध्यानमा राख्दै सामसङले InstaFinance सेवामार्फत ० प्रतिशत ब्याजदरमा सजिलो EMI (किस्ता) सुविधा पनि उपलब्ध गराएको छ। यो सुविधा प्रयोग गर्न केवल नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ। साथै, पुराना टिभी वा होम एप्लायन्सहरू ArkoStore वा नजिकको सामसङ स्टोरमार्फत साटेर सात हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि पाउन सकिनेछ।

सामसङको यो अफरले तिहारको मौकामा नयाँ उत्पादन खरिद गर्न चाहने नेपाली उपभोक्तालाई छुट, बोनस र उपहारसहित आकर्षक अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

असोज २६, २०८२ आइतबार १३:१८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।