दीपावलीको अवसरमा देशव्यापी ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम सुरु

दीपावलीको अवसरमा देशव्यापी ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम सुरु

काठमाडौं : दीपावलीको अवसरमा टाटामोटर्सका नेपालस्थित एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले देशव्यापी ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम सुरु गरेको छ। आजबाट सुरु भएको यो विशेष अफर कात्तिक २ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

उत्सवको अवसरमा ग्राहकले टाटामोटर्सका विद्युतीय मोडलहरू टाटा टियागो ईभी, पंच ईभी, नेक्सन ईभी र कर्भ ईभी साथै पेट्रोल-डिजल (आईसीई) मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा आकर्षक अफर तथा छुटका सुविधा पाउनेछन्।

कार्यक्रम अन्तर्गत ग्राहकहरूले फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन जस्ता आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन्।

यसका साथै, यो पर्वलाई अझ रोमान्चक बनाउन कम्पनीले “सुनको असर्फी बम्पर उपहार” योजना समेत सार्वजनिक गरेको छ, जसअन्तर्गत भाग्यशाली ग्राहकले सुनको असर्फी जित्ने अवसर पाउनेछन्।

सिप्रदी ट्रेडिङले हरेक चाडपर्वमा ग्राहकका लागि विशेष अफर ल्याउँदै आएको छ। यसपालि पनि दीपावली र धनतेरसको उत्सवलाई थप उल्लासपूर्ण बनाउने उद्देश्यले देशभरका टाटा शोरूममा यो अफर लागू गरिएको हो।

असोज २६, २०८२ आइतबार १३:०९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।