विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा नेपाल यूएईसँग भिड्दै

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा नेपाल यूएईसँग भिड्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ।

शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो।

सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन्। सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

असोज २६, २०८२ आइतबार ०९:०५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।