उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन : जल तथा मौसम विज्ञान विभाग

काठमाडौं : हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ।
असोज २६, २०८२ आइतबार ०६:४९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।