बान्ता भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

बान्ता भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना
Filephoto

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

 स्वास्थ्यमा समस्या आएपछि शनिबार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सामान्य बान्ता भएर उनलाई अस्पताल लगिएको हो। बान्ता भएपछि नसासम्बन्धी केही समस्या छ कि भनेर न्यूरोका डाक्टरहरूले हेरिरहेका छन्। उनको पाचन प्रक्रियामा समस्या देखिने गरेको छ। 

असोज २५, २०८२ शनिबार १५:४१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।