शिक्षक नियुक्तिमा घुस माग्ने प्रधानाध्यापक र बिचौलिया घुस रकमसहित रंगेहात पक्राउ

शिक्षक नियुक्तिमा घुस माग्ने प्रधानाध्यापक र बिचौलिया घुस रकमसहित रंगेहात पक्राउ

काठमाडौं : रौतहटको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद घुससहित पक्राउ परेका छन्। शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार रुपैयाँ घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

आयोगका अनुसार विद्यालयले शिक्षक आवश्यकता खुलाएको विज्ञापनमा सेवाग्राहीले रीतपूर्वक दर्खास्त दिएको थियो । तर प्रधानाध्यापक प्रसादले नियुक्तिका लागि बिचौलिया अरविन्द प्रकाश साहकानु मार्फत घुस मागेका थिए ।

सेवाग्राहीबाट मागिएको ४ लाख ५० हजार रुपैयाँ बिचौलिया साहकानुले लिइसकेको अवस्थामा आयोगको टोलीले दुवै जनालाई पक्राउ गरेको हो। उनीहरूलाई सो रकमसहित २०८२ असोज २४ गते पर्सा, वीरगञ्ज महानगरपालिका–१३ अदालत रोडस्थित एक होटलबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

हाल दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

असोज २५, २०८२ शनिबार १४:३९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।