राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री र जेनजी समूहबीच मात्र छलफल

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री र जेनजी समूहबीच मात्र छलफल

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक परिस्थिति, जेनजीका माग सम्बोधन र आसन्न निर्वाचनलगायत विषयमा जेनजी समूहका सिमित प्रतिनिधिसँग राष्ट्रपति कार्यालयमा छलफल गरिन्। 

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा राखिएको छलफलमा सहभागीबारे विवाद बढेपछि राष्ट्रपती पौडेल भने सहभागी भएनन्। छलफलमा प्रधानमन्त्री कार्कीसहित अन्य मन्त्री र जेनजी समूहका सुदन गुरुङ, प्रवेश दाहाल, मिरज ढुङ्गाना लगायतका सिमित प्रतिनिधी मात्र सहभागी थिए।

यसैमा विमती जनाउँदै एक समूहले राष्ट्रपती निवास बाहिर विरोध प्रदर्शन गरेका थिए। जेन-जी समूहबीचमै विवाद भएपछि राष्ट्रपती रामचन्द्र पौडेलले स्वास्थ्यको कारण देखाउँदै छलफल सोमबारका लागि सारेका थिए। तर सहभागी जेन-जीका सिमित प्रतिनिधी र प्रधानमन्त्री कार्कीबीच भने छलफल भएको थियो।

आगामी निर्वाचनमा केन्द्रित भएर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताबीच शुक्रबार राष्ट्रपति भवनमा छलफल भएको थियो।

असोज २५, २०८२ शनिबार १२:१६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।