डोटीमा हायस दुर्घटनामा एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते

डोटी : भीमदत्त राजमार्गअन्तर्गत डोटीको गोल्डेन सडकखण्डमा आज बिहान हायस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
अछामबाट धनगढीतर्फ आइरहेको सु प प्र ०१-००१ख ३९५६ नम्बरको हायस दुर्घटना हुँदा अछामकी २२ वर्षीया हरिया परियारको मृत्यु भएको हो।
अत्तरियास्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर जोराका अनुसार, दुर्घटनामा घाइते भएका २१ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि धनगढीका विभिन्न अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
असोज २५, २०८२ शनिबार १०:२८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।