कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं : यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ।
असोज २५, २०८२ शनिबार ०७:१५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।