कृशा चौलागाईंको सट फिल्म ‘ऐना’ तिहारमा रिलिज हुने

काठमाडौं : निर्देशक कृशा चौलागाईंले निर्देशन गरेको ‘सट फिल्म’ ‘ऐना’ तिहारमा रिलिज हुने भएको छ। निर्माण पक्षले युएनए डिजिटल युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
केपी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको मुख्य भाव “जीवनको प्रतिबिम्ब” रहेको निर्देशक चौलागाईंले बताइन।
निर्देशक चौलागाईंले भनिन्- ‘‘ऐना’ केवल दर्पण होइन, यो हाम्रो आत्मा र जीवनको कथा हो। प्रत्येक अनुहार र प्रत्येक क्षणमा एउटा कथा लुकेको हुन्छ। यही नै यस चलचित्रको सार हो।”
चलचित्र ‘ऐना’ ले तिहारको उज्यालो, आत्मचिन्तन र माया/ सम्बन्धको गहिरो भावनालाई कलात्मक ढंगले चित्रण गरेको छ। निर्माण पक्षले चलचित्रले दर्शकलाई आफ्नै जीवन र समाजको प्रतिबिम्ब देखाउने प्रयास गरेको बताए।
चलचित्रमा भोलाराज सापकोटा र सरिता गिरीको अभिनय देख्न सकिनेछ। उनीहरूको प्रस्तुतीले दर्शकको मन छुने विश्वास निर्माण पक्षको छ। चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन्।
निर्देशक चौलागाईं यसअघि ‘पिताम्बर’ र ‘ऐन्चो पैंचो’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेकी छिन्। फिल्म निर्देशनमा आउनु अघि उनी निर्माताका रूपमा परिचित थिइन्।
असोज २४, २०८२ शुक्रबार १९:१७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।