जापानले नेपाललाई १ सय ३२ रनको लक्ष्य दियो

जापानले नेपाललाई १ सय ३२ रनको लक्ष्य दियो

काठमाडौं : ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा जापानले नेपाललाई १ सय ३२ रनको लक्ष्य दिएको छ। जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन मात्र बनाउन सफल भयो।

जापानका लागि कप्तान केन्डेल काडोवाकी–फ्लेमिङले ४६ बलमा सर्वाधिक ६० रन बनाए। उनले दोस्रो विकेटका लागि इसम रहमानसँग ८६ रनको महत्वपूर्ण साझेदारी गरे। रहमानले २५ बलमा ३१ रनको योगदान दिए। एक समय ठूलो स्कोरतर्फ उन्मुख जापानका मध्यक्रमका ब्याटरहरू चल्न नसक्दा टोलीको स्कोर १३१ रनमै रोकियो।

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिए। सोमपाल कामी र नन्दन यादवले एक-एक विकेट लिए।

असोज २४, २०८२ शुक्रबार १८:०७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।