जापानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

जापानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं : आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोट अन्तर्गत नेपालले शुक्रबार जापानविरुद्धको खेलमा टस जितेर बलिङ रोजेको छ।

ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल समूहको विजेता निर्धारण गर्ने निर्णायक म्याच हो। नेपाल र जापान दुवै टोली यसअघि नै सुपर-६ चरणमा प्रवेश गरिसकेका छन्। यस खेलमा प्राप्त हुने अंक सुपर-६ मा समेत गनिने भएकाले दुवैका लागि खेल महत्वपूर्ण छ।

नेपालले यसअघि कुवेतविरुद्ध खेलेको टिममा कुनै परिवर्तन गरेको छैन। 

नेपाली प्लेइङ–११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।

असोज २४, २०८२ शुक्रबार १६:१३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।