इजरायल-हमास युद्धविराम सम्झौता : शनिबारदेखि युद्ध रोकिने, बन्धकको बदलामा सयौँ प्यालेस्टाइनी कैदी छुट्ने

इजरायल-हमास युद्धविराम सम्झौता : शनिबारदेखि युद्ध रोकिने, बन्धकको बदलामा सयौँ प्यालेस्टाइनी कैदी छुट्ने

एजेन्सी : इजरायली सरकारले युद्धविराम सम्झौतालाई अनुमोदन गरेसँगै शनिबार बिहानदेखि गाजामा युद्धविराम लागू हुने भएको छ।

यस सम्झौताअनुसार हमासले बन्धक बनाएका इजरायली नागरिक र इजरायलले जेलमा राखेका सयौं प्यालेस्टाइनी कैदीहरूलाई रिहा गरिनेछ।

सरकारको स्वीकृति पाएको २४ घण्टापछि लागू हुने यो युद्धविराम शुरू भएको ७२ घण्टाभित्र बन्धकहरूलाई रिहा गरिनेछ।

अझै पनि करिब २० जना इजरायली बन्धक जीवितै रहेको अनुमान गरिएको छ। यी बन्धकहरूको बदलामा इजरायलले आफ्ना जेलबाट सयौं प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्नेछ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्झौताका लागि वार्तामा सहयोग गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्।

नेतन्याहूमाथि आफ्नो राजनीतिक उद्देश्य पूरा गर्नका लागि सङ्घर्षलाई लम्ब्याइरहेको आरोप लाग्दै आएको समयमा यो सम्झौता भएको हो।

उता, हमासका गाजा प्रमुख खलिल अल-हयाले आफूहरूलाई अमेरिका र अन्य मध्यस्थकर्ताहरूबाट युद्ध समाप्त भएको ग्यारेन्टी प्राप्त भएको बताएका छन्।

असोज २४, २०८२ शुक्रबार १३:५१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।