हिमपातले न्यालु सडक बन्द

सिमकोट : अविरल हिमपातका कारण हुम्लाको न्यालु सडक अवरुद्ध हुन पुगेको छ।
नाम्खा गाउँपालिका-६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन्।
सिमकोट गाउँपालिका-५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ।
सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने उनले बताए।
समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ। हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन्।
असोज २४, २०८२ शुक्रबार ०८:०६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।