गाजामा युद्धविरामको आशा: इजरायलद्वारा बन्धक रिहाइ सम्झौतालाई स्वीकृति

गाजामा युद्धविरामको आशा: इजरायलद्वारा बन्धक रिहाइ सम्झौतालाई स्वीकृति

एजेन्सी : इजरायलले गाजामा युद्धविराम लागू गर्ने र बन्धकहरूको रिहाइसँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरेको छ। यो निर्णयसँगै गाजामा चाँडै युद्धविराम लागू हुने आशा बढेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारले जीवित वा मृत, सबै बन्धकहरूको रिहाइसँग जोडिएको योजनालाई स्वीकृति दिएको छ।’

यस सम्झौताको स्वीकृतिसँगै​​​​​​​गाजामा युद्धविराम लागू हुने, गाजाबाट इजरायली सेना फिर्ता हुने, बन्धक र शवहरूको आदान-प्रदान गरिने तथा गाजामा मानवीय सहायताको पहुँच सुनिश्चित गरिने भएको छ।

यो अमेरिकाको गाजा शान्ति योजनाको पहिलो चरण हो। यसअन्तर्गत इजरायलले प्यालेस्टाइनी कैदीहरूलाई पनि रिहा गर्ने कुरा समावेश छ।

असोज २४, २०८२ शुक्रबार ०७:४३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।