नक्कली आयोग एमालेलाई स्वीकार्य छैन : ओली

नक्कली आयोग एमालेलाई स्वीकार्य छैन : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले बनाएको भदौ २३ र २३ गतेको घटनाको बारेमा छानबिन गर्न बनाएको आयोग पार्टीलाई स्वीकार्य नभएको बताएका छन्।

भक्तपुरको गुन्डुमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूलाई पहिले नै पक्राउ गर्नुपर्छ भनेर अभिव्यक्ति दिनेहरुको अध्यक्षतामा बनाएको आयोगलाई एमालेले नस्वीकार्ने भन्दै ओलीले त्यसलाई नक्कली आयोगको समेत संज्ञा दिए।

उनी यतिमा मात्र रोकिएनन्, आयोगका अध्यक्ष रहेका विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने समेत बताए।

‘केपी ओलीलाई पहिले नै पक्राउ गर्नुपर्छ भन्नेहरुलाई आयोगको अध्यक्ष बनाइएको छ,’ उनले भने, ‘यस्ता नक्कली आयोग एमालेलाई स्वीकार्य छैन। आयोगका अध्यक्षले आफ्ना पूर्ववर्ती भनाइहरुका आधारमा नैतिकताको हिसाबले राजीनामा दिनुपर्छ।’

पहिले नै एउटा इन्टेन्सन बनाइसकेको मानिस अध्यक्ष भएको आयोगले बनाएको प्रतिवेदनको आधारमा हुने कारबाही मान्य नहुने समेत उनको भनाइ छ।

असोज २३, २०८२ बिहीबार १३:४७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।