‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुटुटु?’

काठमाडौ : भदौ २३ गतेको नरसंहारपछि सेनाको हेलिकप्टर चढेर भागेका निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्कीको डरले आफू नभाग्ने बताएका छन्।
भक्तपुरमा पार्टीले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई उपत्यका नछाड्न निर्देशन दिने सुशीला कार्की नेतृत्वको सरकारसँग डराएर नभाग्ने बताए।
‘उपत्यका छाडेर बाहिर जाने रोक लगाएको रे?,’ उनले प्रश्न गरे, ‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुटुटु?’
गृहमन्त्रीले आफूलाई पक्राउ गर्ने चर्चा चलाइरहेको बेला गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नचम्कनसमेत समेत आग्रह गरे।
‘गृहमन्त्रीलाई धेरै नउत्ताउलिन, नचम्किन, सम्हालिन सुझाव दिन्छु। राजनीति ख्यालठट्टा होइन,’ उनले थपे, ‘उनले यो सरकार नेपालीको नभई विदेशीको भएको समेत टिप्पणी गरे।’
असोज २३, २०८२ बिहीबार १३:३८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।