सुनको भाउमा आज फेरि नयाँ कीर्तिमान

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला १,२०० रुपैयाँले बढेर २ लाख ३९ हजार २०० रुपैयाँ पुगेको हो। यो मूल्य हालसम्मकै उच्च हो।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।
महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५ हजार ७५ रुपैयाँ तोकेको छ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा ७० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ। प्रति १० ग्राम चाँदीको भाउ २ हजार ५९३ रुपैयाँ ५० पैसा कायम भएको छ।
असोज २३, २०८२ बिहीबार १०:४६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।