एमएडब्लु वृद्धिले शुक्रबारदेखि ‘मेगा एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने, १५ लाखसम्मको लाभ

काठमाडौं : अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आउँदो शुक्रबार, असोज २४ गतेदेखि ‘मेगा एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ।
तीन दिनसम्म चल्ने यो मेलामा ग्राहकहरूले आफ्ना कुनै पनि पुराना गाडी साटेर बीवाईडी, अवतार, नामी र सेरेसजस्ता लोकप्रिय ब्रान्डका नयाँ इलेक्ट्रिक भेहिकल (ईभी) मा अपग्रेड गर्न सक्नेछन्।
काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजना हुने मुख्य कार्यक्रमका साथै देशभरका बीवाईडी, नामी र सेरेसका शोरुमहरूबाट पनि यो सुविधा लिन सकिने कम्पनीले जनाएको छ।
मेलामा ग्राहकले नेपालका शीर्ष ५ रिकन्डिसन हाउसबाट आफ्ना पुराना गाडीको उत्कृष्ट मूल्याङ्कन गराउन सक्नेछन्।
यसका साथै, एक्सचेन्ज बोनस र नगद छुटसहित निश्चित मोडलहरूमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ लिन सकिनेछ। मेलामा गाडी बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटको प्रिमियम रिसोर्टमा एक जोडीका लागि ‘नाइट स्टे’ को विशेष अफर पनि पाउनेछन्।
कार्निभलमा ग्राहकहरूले पहिलोपटक अल्ट्रा-प्रिमियम इलेक्ट्रिक एसयूभी ‘अवतार’ को टेस्ट ड्राइभ गर्न पाउनेछन्। साथै, बीवाईडीको ‘सिल’ र नामीको ‘भिगो’ मोडल पनि प्रदर्शनीमा राखिनेछ।
काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ह्युमनोइड रोबोट शो, कार रेसिङ सिमुलेटर, र बालबालिकाका लागि ‘किड्स जोन’ जस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएको छ।
असोज २३, २०८२ बिहीबार ०९:४६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।