बर्दियामा दश वर्षीया बालिकाको हत्या, एक युवक पक्राउ

ठाकुरबाबा : बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई बुधबार सार्वजनिक गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले बुधबार यहाँ पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवा (सुनार) लाई सार्वजनिक गरेको हो।
प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले मृतक यही असोज १७ गते सम्पर्कविहीन भएकामा खोजतलासका क्रममा असोज २० गते नजिकै गाडिएको अवस्थामा एन्जलको शव फेला परेको बताए।
घटनापछि अनुसन्धानका क्रममा पक्राउ पेरका तिरुवाले बालिकाले लगाएको सुन र चाँदीको गहना लुट्ने क्रममा बालिकाले प्रहरीलाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।
असोज २३, २०८२ बिहीबार ०९:१४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।