टी-२० विश्वकप छनोटमा कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, यस्ताे छ प्लेइङ-११

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। ओमानमा जारी प्रतियोगितामा कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो।
नेपालले खेलका लागि सार्वजनिक गरेको प्लेइङ-११ मा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कप्तान रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र सन्दीप लामिछाने रहेका छन्। करण केसी आज बेन्चमा छन्।
असोज २२, २०८२ बुधबार २०:३९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।