कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको अपील

कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको अपील

काठमाडौं: निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न अपील गरेको छ। इच्छुक नागरिकहरूले https://applyvr.election.gov.np/  बाट अनलाइन फाराम भर्न सक्नेछन्।

अनलाइन फाराम भरेपछि फोटो खिचाउन र बायोमेट्रिक विवरण दिनका लागि नजिकको निर्वाचन कार्यालयमा पुग्न सकिनेछ।

काठमाडौं उपत्यकाभित्रका नागरिकहरूले मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, काठमाडौं, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर, र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा सेवा लिन सक्नेछन्।

निर्वाचन आयोगले सबै सम्बन्धित नागरिकलाई समयमा मतदाता दर्ता गरी नागरिक हक प्रयोग गर्न आग्रह गरेको छ।

असोज २२, २०८२ बुधबार १७:४०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।