जेन-जी आन्दोलनमा जलाइएका गाडीहरू संसद् भवन परिसरमा 'डम्प'

काठमाडौं : जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका सवारीसाधन अहिले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) परिसरमा डम्प गर्न थालिएको छ।
सरकारको निर्णयअनुसार शहरी विकास मन्त्रालयले सिंहदरबारसहित विभिन्न सरकारी कार्यालयमा प्रदर्शनकारीहरूले जलाएका सयौँ सवारीसाधनलाई थन्क्याउन सुरु गरेको हो।
आन्दोलनका क्रममा राजधानीका मुख्य सरकारी कार्यालय, सडक र पार्किङ क्षेत्रमा पार्क गरिएका सरकारी सवारीसाधनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। तीमध्ये अधिकांश सवारीसाधन पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
असोज २२, २०८२ बुधबार १७:०२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।