आजपनि घट्यो नेप्से परिसूचक

काठमाडौं : सेयर बजारमा सबै सूचक ओरालो लागेका छन्। नेप्से परिसूचक अघिल्लो दिन भन्दा ४५.३६ अंकले घट्दै २५५९ अंकमा झरेको छ।
आज १८ कम्पनीको मूल्य बढ्दा २३२ कम्पनीको घट्यो भने एक कम्पनीको मूल्य अपरिवर्तित रह्यो।
क्षेत्रगत रूपमा फाइनान्स र होटल समूह सबैभन्दा बढी ३/३ प्रतिशतले घटे । त्यसपछि हाइड्रोपावर २.३४, विकास बैंक २.२८, लगानी २.०२, निर्जीवन बीमा २.०६, माइक्रोफाइनान्स १.८९, जीवन बीमा १.६४, उत्पादन तथा प्रशोधन १.०६, बैंकिङ १.४८, अन्य १.२४ र व्यापार समूह ०.४३ प्रतिशतले घटे ।
सूचक घटे पनि बजार कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । आत्मनिर्भर लघुवित्तको मूल्य ६ प्रतिशतले र थ्रीस्टार हाइड्रोपावरको मूल्य ४.७ प्रतिशतले बढेको छ । आज मूल्य बढ्ने सूचीमा ऋणपत्रहरू अगाडि रहेका छन् ।
उता, प्रभु इन्स्योरेन्सको मूल्य सबैभन्दा बढी ६.१२ प्रतिशतले घट्यो । त्यसपछि मञ्जुश्री फाइनान्स ५.९६, फर्स्ट माइक्रोफाइनान्स ५.५३ र सयपत्री हाइड्रोपावर ५.४७ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।
असोज २२, २०८२ बुधबार १६:२१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।