जेन-जी आन्दोलनका शहिद परिवारको सदस्यलाई चौधरी समूहले रोजगारी दिने

जेन-जी आन्दोलनका शहिद परिवारको सदस्यलाई चौधरी समूहले रोजगारी दिने

काठमाडौं : चौधरी समूहले जेन-जी आन्दोलनका शहीदका परिवारलाई रोजगारी दिने घोषणा गरेको छ। समूहका सञ्चालकमध्ये एक निर्वाण चौधरीले जेन-जी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने सार्वजनिक गरेका हुन्। 

जेन-जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना जनाउँदै उनले आन्दोलनका क्रममा निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा ठूलो क्षति र विध्वंस भए पनि शहीद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै रोजगारी दिने निर्णय गरेको उल्लेख गरेका छन्।

 

असोज २२, २०८२ बुधबार १५:०९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।