लिचिबारी घुस प्रकरणको फाइलहरू विशेष अदालतमा, आजै मुद्दा दर्ताको तयारी

लिचिबारी घुस प्रकरणको फाइलहरू विशेष अदालतमा, आजै मुद्दा दर्ताको तयारी

काठमाडौं : व्यक्तिको नाममा दर्ता गर्न अदालतबाट आएको आदेशमा पनि रकम मोलमोलाइ गरेर दुई मन्त्री र सचिवसहितले भ्रष्टाचार गरेको लिचीबारी जग्गा प्रकरण सम्बन्धी  मुद्दा दर्ताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल विशेष अदालतमा पठाइएको छ।

बुधवार अख्तियारले सो जग्गा प्रकरणबारे मुद्दा दर्ताको प्रयोजनका लागि फाइलहरू विशेष अदालत पुर्याएको हो। सो जग्गा प्रकरणमा घुस लेनदेन गरेको तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ,  तत्कालीन सचिव अर्जुन पोखरेल, बलराम अधिकारीका छोरा मनोज  लगायतका पोलिएका थिए। गुप्ताले राजीनामा दिएपछि अधिकारीले भने राजीनामा दिएका थिएनन्। श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन्।

असोज २२, २०८२ बुधबार १४:४८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।