टेकु दोभानमा एक महिला मृत अवस्थामा फेला

टेकु दोभानमा एक महिला मृत अवस्थामा फेला

काठमाडौं : काठमाडौं महानगरपलिका–१२ टेकुस्थित टेकु दोभानमा आज एकजना महिलाको शव फेला परेको छ।

काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर आज मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिए।

असोज २१, २०८२ मंगलबार २२:०५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।