नेपालको बाढीपहिरोप्रति पाकिस्तानी प्रधानमन्त्रीको समवेदना, भने- ‘कठिन घडीमा साथमा छौँ’

नेपालको बाढीपहिरोप्रति पाकिस्तानी प्रधानमन्त्रीको समवेदना, भने- ‘कठिन घडीमा साथमा छौँ’

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले नेपालमा हालैको बाढीपहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

उनले पीडित परिवारमा हार्दिक समवेदना प्रकट गर्दै यो दुःखको घडीमा पाकिस्तान नेपालको साथमा रहेको बताएका छन्।

आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री सरिफले भने, ‘नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु। म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्।’

नेपालमा मनसुनपछिको अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ।

असोज २१, २०८२ मंगलबार १२:५९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।