सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा २३ सयले बढ्यो

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा २३ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य एकैदिन प्रति तोला २,३०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार, आज छापावाल सुन प्रति तोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सुन प्रति तोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रति तोला २९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो।

असोज २१, २०८२ मंगलबार १०:५३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।