मनसुन कमजोर बन्दै, पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

मनसुन कमजोर बन्दै, पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं : नेपालमा मनसुनी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएको छ।

यद्यपि, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। बाँकी तराई क्षेत्रमा भने मौसम आंशिक बदली रहनेछ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै, आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

असोज २१, २०८२ मंगलबार ०७:१४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।