जेनजीले सुरू गरे ‘एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक’ अभियान

जेनजीले सुरू गरे ‘एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक’ अभियान

काठमाडौं : ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक अभियान थालेका छन्। उनी सोमबार ओली र लेखकविरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय, काठमाडौं समेत पुगे। तर जाहेरी दर्ता भएन। 

गुरुङले सोमबार सामाजिक सञ्जालमा एउटा पोस्टर सार्वजनिक गरेका छन्, जसमा ओली र लेखकको तस्बिरसहित ठूला अक्षरमा ‘एरेस्ट’ लेखिएको छ। 

पोस्टरमा तल सानो अक्षरमा ‘ केपी शर्मा ओली. रमेश लेखक मडरर्र’ र त्यस मुनि ‘हत्याराहरूलाई पक्राउ गर, या राष्ट्रले एक्सन लिन बाध्य हुनेछ’ भन्ने चेतावनी लेखिएको छ।

यो अभियानले सोमबार दिनभर सामाजिक सञ्जाल तताएको छ। जेनजीको अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले समेत साथ दिएको देखिएको छ। उनीहरूले सामाजिक सञ्जालबाट साथ दिइरहेका छन्।

असोज २०, २०८२ सोमबार २१:०५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।