युद्धकलाको झल्को दिने सराय नाच (तस्विरहरू)

युद्धकलाको झल्को दिने सराय नाच (तस्विरहरू)

बुटवल : बुटवल उपमहानगरपालिका- १३ जीतगढीमा आज पूर्णिमाको अवसरमा परम्परागत सराय नाच प्रदर्शन गरिएको छ।

सराय व्यवस्थापन समिति बुटवल- १३ ले व्यवस्थित रुपमा सराय नाच प्रदर्शन गरेको सराय नाच व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए।

२०७० सालदेखि समितिले नियमित रुपमा सराय प्रदर्शन गर्दै आएको छ। समितिका अध्यक्ष थापाले ऐतिहासिक एवं लोपोन्मुख नाच संरक्षणका लागि सरायलाई यस बर्ष पनि नियमित गरिएको बताए।

विसं २०७० सालदेखि गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानबाट बसाईंसराइ गरी बुटवल आएकाहरूको पहलमा सराय नाच संरक्षण गर्ने उद्देश्यले बर्सेनि यो कार्यक्रम राखिएको अध्यक्ष थापाले बताए। सराय नाचमा नेपाली सेनाको टुकडीले पनि प्रदर्शन गरिएको थियो।

परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायं नाच दसैंको अन्तिम दिन पूर्णिमासम्म खेलिन्छ। सराय खेल्दा तरबार, खुकुरी आदि परम्परागत हातहतियारहरू नचाएर युद्धकला प्रदर्शन गर्दै एकाआपसमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने गरिन्छ।

सराय नाच विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुका कोट तथा शक्तिपीठहरूमा नाच्ने प्रचलन छ।

​​​​​​​

असोज २०, २०८२ सोमबार १६:५०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।