बेनिघाट-लार्के सडकखण्डमा खसेको पहिरो हटाइयो

बेनिघाट-लार्के सडकखण्डमा खसेको पहिरो हटाइयो

गोरखा : बेनिघाट-लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ। पहिरोका कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको छ। 

अत्यधिक वर्षाका कारण बेनिघाट-लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातका साधन बीच बाटोमै थन्किएका थिए। माछाखोलासम्म सवारीसाधन चल्न थालेका स्थानीय रञ्जना ढकालले जानकारी दिए। 

तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन सकिएको छैन। उक्त स्थानमा स्थानीयले पहिरो हटाएर पैदलयात्रुलाई हिँड्न मिल्ने बनाएको ढकालले बताए। 

असोज २०, २०८२ सोमबार १५:१०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।