मातातीर्थमा ४३ वर्षीया महिला मृत भेटिइन्

मातातीर्थमा ४३ वर्षीया महिला मृत भेटिइन्

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका-८, मातातीर्थमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

सिन्धुली घर भई स्थानीय एक घरको रेखदेख गर्दै आएकी ४३ वर्षीया देवी रावत आफू बस्दै आएको घरमै आइतबार मृत भेटिएकी हुन्।

यसैबीच, आइतबार नै देशका अन्य विभिन्न स्थानमा पनि पाँच जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

कैलालीको कर्णाली नदी किनारमा ६८ वर्षीया तलशी खनाल, रामेछापमा ५१ वर्षीया रत्नमाया मोक्तान आफ्नै घरमा र बर्दियाको बुढी खोलामा ५५ वर्षीया फुलबन्ती थारू मृत भेटिएका छन्।

त्यसैगरी, सिन्धुलीको बागमती खोला किनार र धनुषाको एक कुलोमा पहिचान नखुलेका क्रमशः अन्दाजी ४० र ४५ वर्षीय दुई पुरुषको शव फेला परेको छ।

प्रहरीले सबै घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

असोज २०, २०८२ सोमबार १३:३६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।