‘जेन-जी’ आन्दोलनका ‘भाइरल’ युवाद्वारा आमाको विभत्स हत्या

‘जेन-जी’ आन्दोलनका ‘भाइरल’ युवाद्वारा आमाको विभत्स हत्या

धादिङ : ‘जेन-जी’ आन्दोलनका क्रममा सामाजिक सञ्जालमा चर्चित बनेका एक युवा आफ्नै आमाको हत्या अभियोगमा पक्राउ परेका छन्।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ का २७ वर्षीय यमबहादुर कँडेलले ५५ वर्षीया आमा राममाया कँडेलको आइतबार राति खुँडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार कँडेललाई हत्यामा प्रयोग भएको हतियारसहित घटनास्थलबाटै पक्राउ गरिएको हो। घटनाले पूरै गाउँ स्तब्ध बनेको छ।

कँडेल ‘जेन-जी’ आन्दोलनका क्रममा प्रहरीसँग विवाद गरेको भिडिओका कारण चर्चित थिए। ‘मेरो आँखामा डर छ? मलाई गोली हान्नुस्, म यो देश रोएको देख्न सक्दिनँ’ भन्दै उनले बोलेको भिडिओ भाइरल भएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

असोज २०, २०८२ सोमबार १३:३०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।