‘जेन-जी’ आन्दोलनका ३० घाइतेको अझै उपचार जारी

‘जेन-जी’ आन्दोलनका ३० घाइतेको अझै उपचार जारी

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ‘जेन-जी’ आन्दोलनका क्रममा घाइते भएकामध्ये ३० जनाको अझै पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आन्दोलन शुरू भएयता कुल ४९ जनाको मृत्यु भएको छ भने २ हजार ३१६ जना घाइते भएका थिए।

मन्त्रालयका अनुसार, घाइतेमध्ये २ हजार २८६ जना उपचारपछि घर फर्किसकेका छन्। हाल उपचाररत घाइतेहरूमध्ये सबैभन्दा धेरै १० जना राष्ट्रिय ट्रमा सेन्टरमा छन्।

यसैगरी, त्रिवि शिक्षण अस्पतालमा पाँच, सिभिल, पाटन, काठमाडौं मेडिकल कलेज, बी एन्ड बी लगायतका अस्पतालमा पनि घाइतेहरूको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँगको समन्वयमा यो विवरण तयार पारेको हो।

मन्त्रालयका अनुसार, असोज १२ गतेदेखि स्थापना गरिएको ‘जेन-जी क्लिनिक’ मार्फत पनि नौ जनाले सेवा लिएका छन्।

असोज २०, २०८२ सोमबार १३:१९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।